बर्दियामा कर्फ्यू : अहिले स्थिति सामान्य

Posted on: 02 Oct, 2017

सास । असोज १६, बर्दिया ।

हिजो साँझ दुई पक्षबीच भएको झडपका कारण उत्पन्न असामान्य परिस्थितिपछि थप असामान्य नहोस् भनी जिल्ला प्रशासन कार्यालय बर्दियाले गुलरिया नगरपालिका वडा नं. ११ को मोहम्मदुपर आसपास क्षेत्रमा अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरेको छ । 


बाँकेको नेपालगञ्ज लगायत बर्दियाका विभिन्न स्थानबाट बबई भादा नदीमा देवीको मुर्ती बिर्सजन गर्न लैजाँदै गरेको समूह र लालपुरदेखि गणेशपुरतर्फ ताजीया बिर्सजनका लागि गैरहेको समूहबीच सडकमा जम्काभेट हुँदा विवाद सिर्जना भई हिजो साँझ झडप भएको हो ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १ सेल अश्रुग्यास र ४ राउण्ड हवाई फायर गरेको जनाएको छ ।

 झडपका क्रममा भागदौड तथा कुटाकुट हुँदा स्थानीय ३२ वर्षीया सुन्धारा रैदास, ३ वर्षीया बालिका रीता रैदास, १९ वर्षीय विष्णु राढ, ६० वर्षीय गुडाना रैदास, ४२ वर्षीय देवीराम रैदास, ४० वर्षीय जगतपाल राड र ३५ वर्षीय सुखराना राड घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको उपचार भैरहेको जनाइएको छ । झडपका क्रममा दुवै समूहका व्यक्तिहरु घाइते भएका छन् । 


यतिखेर नेपाल भारतको सिमा लगायत नेपालगञ्ज गुलरिया सडक खण्डको मोमम्मदपुर लालपुरमा सेना, सशस्त्र तथा प्रहरीहरु परिचालन गरिएको छ । अहिले स्थिति शान्त रहेको बताइएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!