शुरु भयो १६ दिने अभियान (भिडियो सहित)

Posted on: 25 Nov, 2017

प्रभात सुवेदी । मंसिर ९, बर्दिया । 

लैङ्गीक हिंसा अन्त्यका लागि सबै जुटौँ : कोही नछुटौं भन्ने मूल नाराका साथ बर्दियामा पनि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु गरिएको छ ।


जिल्ला स्थित सरकारी नियकाय तथा सामाजिक क्षेत्रहरुमा काम गर्ने गैर सरकारी संघसंस्थाहरु संयुक्त आयोजनामा आयोजित कार्यक्रम अन्तर्गत विहान प्रभात फेरीको आयोजना गरिएको थियो । प्रभात फेरी पश्चात ¥याली गुलरिया स्थित राधाकृष्ण चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । 

सभामा बोल्नुहुँदै जिल्ला समन्यव समितिका संयोजक शंकर प्रसाद चौधरीले सभ्य समाज निर्माणका लागि सबै किसिमको विभेदलाई अन्त्य गर्न नसकेसम्म संविधानको कुनै औचित्य नहुने बताउनुभयो । सबै मिलेर हिंसा विरुद्धको क्रियाकलाप अन्त्य नगरेसम्म सभ्य समाज निर्माण हुन नसक्ने कुरामा समेत वहाँले जोड दिनुभयो । वहाँले बढी जसो हिंसाका घटनामा पुरुषहरुकै सहभागीता हुने भएकोले यसमा सबै जना सचेत हुनुपर्ने कुरामा जोड दिनुभयो ।  

महिला अभियान्ता हेमा सुनारले महिला हिंसा घट्न नदिनका लागि सबै जना प्रतिवद्ध हुनका लागि उपस्थित भएका सम्पूर्ण व्यक्तित्वहरुलाई राष्ट्रिय नारालाई आत्मसात गर्नका लागि अनुरोध गर्दै १० डिसेम्बरसम्म हुने विभिन्न कार्यक्रममा पनि सहभागिताको लागि अनुरोध गर्नुभयो । 


कोण सभालाई महिला तथा बालबालिका कार्यालयकी महिला विकास अधिकृत गीरा कुमारी वस्नेतले सहजीकरण गर्नुभएको थियो ।


र्यालीमा सहभागी भएका ४० ओटा अटोरिक्सा चालकहरुलाई १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अंकित ज्याकेट उपलब्ध गराइएको थियो । 

र्यालीमा उपस्थित व्यक्तित्वहरुबाट हामी हिंसा सहन्नौं, हामी हिंसाको प्रतिकार गर्छौं भन्ने प्रतिवद्धताका साथ हस्ताक्षर कार्यक्रम समेत गरिएको थियो ।

हेर्नुहोस् भिडियो ....




यस बिषयमा तपाइको प्रतिक्रिया...!