बर्दियामा बाघको आक्रमणबाट दुई महिला गम्भीर घाइते

Posted on: 03 Jan, 2018

पुस १९, बर्दिया । बाघको आक्रमणबाट आज दिउँसो दुई महिला गम्भीर घाइते भएका छन् । 

दशगजा नजिकको जंगलमा घाँस काटन गएका बेला बाघको आक्रमणमा परी गुलरिया नगरपालिका–३ खैरापुरकी ४० वर्षीया मुन्नी साबुरी र ३० वर्षीया सरिता गोडिया घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । 

बाघको आक्रमणबाट घाइते दुवै महिलाको घाँटी र टाउकोमा ठूलो घाउ लागेको छ । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल गुलरिया लगिएको प्रहरीले जनाएको छ । रासस

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!