बर्दियामा चुरोटबाट सल्केको आगोले एक वृद्धाको मृत्यु

Posted on: 07 Jan, 2018

पुस २३, बर्दिया । ठाकुरबाबा नगरपालिकामा चुरोटबाट सल्केको आगोले जलेर एक वृद्धाको मृत्यु भएको छ । 

ओछ्यानमै चुरोट पिउँदै गर्दा सिरकबाट सल्केको आगोले ठाकुरबाबा नगरपालिका–९ बेतहनीकी ७० वर्षीया रामकुमारी चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ । 

शनिबार राति चुरोट पिउने क्रममा अगोलेर जलेर उहाँको मृत्यु भएपनि घरपरिवारले आज बिहान मात्र थाहा पाएको थियो । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!