जनप्रतिनिधीलाई कारवाही (विज्ञप्ती)

Posted on: 11 Mar, 2018

सास । फागुन २७, बर्दिया ।

अन्तर्राष्ट्रिय महिला दिवसकै दिनमा घोडाघोडी नगरपालिका–५, मा भएको घटनाप्रति बर्दियाका विभिन्न संघसंस्था तथा महिला अभियान्ताहरुले विरोध गर्दै जनप्रतिनिधीलाई समेत हदैसम्मको कारवाही गर्न जोडदार माग गरेका छन् ।

स्थानीयहरुकै उपस्थितिमा २० वर्षिय राधा चौधरीमाथि स्थानीय राम बहादुर चौधरी र पार्वती चौधरीले निर्घात कुटपिट र दूव्र्यवहार गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनामा संलग्नहरु र नगरपालिकाका प्रमुख ममता प्रसाद चौधरी र वडा अध्यक्ष प्रेम रोकायलाई कारवाहीको दायरामा ल्याई हदैसम्मको कारवाही गर्न विज्ञप्ति मार्फत माग गरिएको हो । 

करिव दुई दर्जन महिला अभियान्ताहरुको हस्ताक्षर रहेको विज्ञप्तिमा यस घटनाले अन्तर्राष्ट्रिय स्तरमा नै नेपाली समाजको नकारात्मक परिचय गएको उल्लेख गरिएको छ । 

घटनाको भिडियो सामाजिक सञ्जालभरी यतिखेर निकै भाइरल भैरहेको छ भने केहीले मुकदर्शक बनेर बसेका रमितेहरुलाई समेत कारवाही गर्नुपर्ने बताएका छन् ।

विज्ञप्ति (हेर्नुहोस्)

यस बिषयमा तपाइको प्रतिक्रिया...!