बर्दियामा अज्ञात समूहको आक्रमणबाट एकको मृत्यु, शोधपुछका लागि ४ जना पक्राउ

Posted on: 05 Nov, 2018

कात्तिक १९, बर्दिया | बर्दियामा अज्ञात समुहको आक्रमणबाट एक जनाको हत्या भएको छ । अज्ञात समूहको आक्रमणबाट बढैयाताल गाउँपालिका-३ स्थित गोबरियाका ३५ वर्षयी मोहन खटिकको मृत्यु भएको हो ।  सोमबार बिहान २ बजे भएको घटनामा घाइते भएका खटिकलाई नेपालगञ्जस्थित नर्सिङ्ग होममा उपचारका लागि राति नै पुर्‍याएको थियो।

बिहान ४: ४० बजे अस्पतालले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्र प्रसाद मैनालीले बताए। मृतक खटिककी श्रीमतीले गोली प्रहारबाट श्रीमानको मृत्यु भएको दावी प्रहरीसमक्ष गरेकी छन्।

घटनाबारे अनुसन्धान भैरहेको  एसपी मैनालीले बताए। '

प्रहरीले अनुसन्धानका क्रममा शोधपुछका लागि ४ जनालाई नियन्त्रणमा लिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!