बर्दियामा बसको ठक्करबाट एक किशोरीको मृत्यु

Posted on: 19 Nov, 2018

मङ्सिर ३, गुलरिया | बर्दियामा बसको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ ।  कालिकोटबाट टीकापुरतर्फ जाँदै गरेको बसले ठक्कर दिँदा साइकलमा सवार किशोरीको मृत्यु भएको हो | पूर्व–पश्चिम राजमार्ग अन्तर्गत ठाकुरबाबा नगरपालिका–२ स्थित रानीपुरमा ना ४ ख ५३७५ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा ठाकुरबाबा नगरपालिका–६ थकुवा निवासी १४ वर्षीया किशोरी निर्मला थारुको मृत्यु भएको हो ।


ट्यूसन पढ्नका लागि साइकलमा गइरहेको अवस्थामा सोमबार बिहान सवा ७ बजे थारुलाई बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट किशोरी घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्र प्रसाद मैनालीले बताए ।  प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिइ आवश्य अनुसन्धान सुरु गरेको जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!