बर्दियामा प्रहरीले गोली चलायो, गोली लागेर एक जना घाइते

Posted on: 16 Jan, 2019

माघ २, काठमाडौं । बर्दियामा प्रहरीले गोली चलाएर हत्या आरोपीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा युवराज गिरी छन् ।


यसअघि २६ माघमा बाँकेको कोहलपुरमा नेपाल प्रहरीको असई पदमा भर्ना हुन सुर्खेतबाट कोहलपुर पुगेका दीपकसिंह ठकुरीको विभत्स हत्या भएको थियो । घटनामा संलग्न भरत शाहीलाई प्रहरीले केहीदिन अघि सुर्खेतबाट पक्राउ गरिसकेको थियो ।

शाहीबाट गिरीको संलग्नता खुलेपछि प्रहरीले उनको खोजीलाई तीब्र बनाएको थियो । त्यसक्रममा इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी रमेशबहादुर सिंह नेतृत्वको टोलीसँग उनको बर्दियामा जम्काभेट भएको थियो । र, भाग्न खोजेपछि प्रहरीले गोली चलाएको हो । उनको खुट्टामा गोली लागेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!