७७ जिल्लाहरुलाई उछिन्दै बर्दिया प्रथम

Posted on: 15 Aug, 2019

साउन ३०, बर्दिया | देशभरका ७७ जिल्लाहरुलाई उछिन्दै बर्दिया जिल्ला प्रशासन कार्यालय (जिप्रका) पहिलो भएको छ । अघिल्लो वर्षको कार्य सम्पादनसम्बन्धी नेपाल सरकारको मूल्याङ्कनमा बर्दिया जिप्रका पहिलो भएको हो । अर्थिक वर्ष २०७५/७६ को कार्य सम्पादनमा देशभरका ७७ जिल्लामध्ये नेपाल सरकार गृह मन्त्रालयको मूल्याङ्कनमा जिल्ला प्रहरीसहित जिल्ला प्रशासन कार्यालय बर्दिया पहिलो भएको प्रजिअ रामबहादुर कुरुम्वाङ्गले जानकारी दिनुभयो ।

बर्दियाको शान्तिसुरक्षा, सुशासन, सेवा प्रवाह, विपद् व्यवस्थापन, घुम्ती सेवा प्रवाह, विकास निर्माणको अनुगमन, बजार अनुगमन लगायतका राम्रा काममा बर्दिया जिल्ला प्रशासन कार्यालयले पहिलो प्राथमिकतामा राखेको उहाँले बताउनुभयो । झण्डै १४ महीनाअघि बर्दिया आउनुभएका कुरुम्वाङले बर्दिया बसाइका क्रममा काम गर्दा सबैबाट ठूलो सहयोग प्राप्त भएको बताउनुभयो । प्रजिअ कुरुम्वाङले आफ्ना सहकर्मी, सञ्चारकर्मी, नागरिक समाजलगायत सम्पूर्ण बर्दियावासीको सहयोगले गर्दा काम गर्न सहज भएको बताउनुभयो ।

बर्दियावासीको सहयोगका कारण देशभरमै पहिलो जिल्ला हुन सफल भएकामा गौरवान्वित भएको कुरुम्वाङले बताउनुभयो । बर्दियाका प्रजिअ कुरुम्वाङ ‘इन्टिग्रिटी आइडल २०१८ बाट ६ महीना अघि विजेता हुनुभएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!