छोरीको हत्या गरी फरार अभियुक्त १९ वर्षपछि पक्राउ

Posted on: 30 Aug, 2019

भदौ १३, बर्दिया | छोरीको हत्या गरी फरार अभियुक्तलाई १९ वर्षपछि रुपन्देही प्रहरीले बुधबार पक्राउ गरेको छ । गैडहवा गाउँपालिका–६ गुलरीयाका ६३ वर्षीय पूर्णवासी लोनीयालाई प्रहरीले सिद्धार्थनगर नगरपालिका–५ मालपोत कार्यालय अगाडिबाट पक्राउ गरेको हो । 

पक्राउ परेका लोनीयालाई आज जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमार्फत जिल्ला अदालत रुपन्देहीमा पेश गरिएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए । लोनीयाले १५ वर्षीया छोरी कान्ती २०५४ साउन २३ गते हराएकी थिइन् । 

हराएकी कान्तीको कङ्काल २०५४ भदौ १३ गते खेतमा भेटिएको थियो । उनको कपडाको आधारमा पहिचान गरिएको थियो । घट्नापछि लोनिया फरार थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!