बर्दिया का अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न रु डेढ करोड

Posted on: 19 May, 2021

जेठ ५, बाँके (रासस)। बर्दिया जिल्ला अस्पतालमा अक्सिजन जडानका लागि सङ्घीय सरकारले विनियोजन गरेको रकमबाट तत्काल लागि उद्योग,  वाणिज्य    तथा आपूर्ति राज्यमन्त्री विमला विकले रु डेढ करोड  विनियोजन गर्नुभएको छ ।  उपलब्ध रकम अस्पतालको मागअनुसार नै भएको जिल्ला अस्पताल बर्दिया गुलरिया अध्यक्ष अङ्गद श्रेष्ठले बताउनुभयो । उहाँले मन्त्रालयबाट प्राप्त रकमको सही तवरले उपयोग गरिने बताउनुभयो । बर्दियामा स्वास्थ्यकर्मीको जनशक्ति कमी भएको हुँदा  थप पहल गरिइरहेको राज्यमन्त्री विकले जानकारी दिनुभयो ।

दोस्रो लहरको कोरोना महामारीमा  सङ्घीय सरकारले देशभरिका १२  अस्पताललाई रु १६ करोड ८० लाख विनियोजन गरेको छ । ती अस्पतालमध्ये बर्दिया अस्पताललाई अक्सिजन प्लान्ट र पाइप लाइन विस्तारका लागि डेढ करोड विनियोजन गरिएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!