तारको सुरक्षा तपाईँले तपाईँको सुरक्षा तारले

Posted on: 19 Nov, 2016

प्रभात सुवेदी । मंसिर ४, बर्दिया । 

विभिन्न समयमा बर्दिया राष्ट्रिय निकुञ्जका हात्ती तथा अन्य जनावरहरुले धनजनको क्षति पु¥याएपछि निर्माण गरिएको विद्युतीय सुरक्षा घेराको जीर्ण अवस्थाको तारबारलाई  सुधार गरी एक कायृक्रमका बीच शुक्रबार समुदायलाई हस्तान्तरण गरिएको छ ।


हरियो वन कार्यक्रमको ३२ लाख र स्थानीय समुदायको ४ लाख गरी ३६ लाखको लागतमा सुधार गरिएको विद्युतीय तारबारको औपचारिक उद्घाटन गरी स्थानीय समुदायलाई हस्तान्तरण गरिएको हो ।

निकुञ्जको मध्यवर्ती क्षेत्रको अम्रेनी देखि बलाँती, कर्मला, रानीपुर, भुरीगाउँ, डुम्रेनी हुँदै सैनवार सम्म निर्माण गरिएको तारबारलाई सुधार गरि हस्तान्तरण गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश कुमार थापाले बताउनुभएको छ । 


स्थानीयहरुले नै ताबार काटेर भित्र पस्ने, इन्सुलेटर खसाउने जस्ता कार्यहरु गरेकाले जीर्ण अवस्थामा पुगेकोमा ठूलो मेहनत र लगानीले पुनः सुधार गरीएकोले यसको सुरक्षा समुदायले गरेमा समुदाय पनि जङ्गली जनावरहरुको आक्रमणबाट सुरक्षित रहने भन्दै यसको संरक्षणमा सबैले सहयोग र चासो देखाउन निकुञ्जले अनुरोध गरेको छ । 

कार्यक्रममा हरियो वन कार्यक्रमका प्रतिनिधी, रामनगर उपभोक्ता समितिका उपभोक्ताहरु, स्थानीय व्यक्तित्वहरु, स‌रक्षणकर्मीहरु, सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

तस्बीरहरु : रमेशकुमार थापाको फेसबुकबाट ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!