प्रकृति प्रकोप न्युनिकरणका लागि सिमसार विषयक वक्तृत्वकला प्रतियोगिता

Posted on: 03 Feb, 2017

राम प्रसाद लामिछाने । माघ २१, बर्दिया ।  

जिल्ला वन कार्यालय, ताराताल इलाका वन कार्यालयको आयोजना तथा श्री शुक्र माध्यमिक विद्यालय तारातालको आतिथ्यतामा विहवबार विश्व सिमसार दिवसका अवसरमा प्रकृति प्रकोप न्युनिकरणका लागि सिमसार विषयक वक्तृत्वकला प्रतियोगितको आयोजना गरियो ।

प्रतियोगितामा प्रथम स्थान शुक्र माविका मिथुन बस्याल, द्वितीय नेरा मावि पूर्णपूरकी  दीपा शाही र तृतिय स्थान पूर्णपूरकै हिक्मत डाँगी  र शुक्र माविकी करूणा विक ले सान्त्वना स्थान हासिल गरेका थिए ।

प्रतियोगितामा सहभागी विद्यालयका साथै प्रथम, द्वितीय, तृतिय तथा सान्त्वना स्थान हासिल गर्ने सहभागी विद्यार्थीहरूलाई संस्था द्वारा पुरस्कार तथा प्रमाण-पत्र प्रदान गरिएको थियो ।

रेन्जर कलाधर गौतमको प्रमुख अतिथ्यता र इलाका वन कार्यालयका प्रमुख दीपक थारूको सभापतित्वमा सम्पन्न  कार्यक्रमको सहजीकरण शिक्षक मोतिराम अधिकारीले गर्नु भएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!