यस्तै हेर्न हामी पनि जाने कि ? बर्दिया राष्ट्रिय निकुञ्जमा

Posted on: 04 Sep, 2017

प्रभात सुवेदी । भदौ १९, बर्दिया । 

आ.व. २०७४÷०७५ मा बर्दिया राष्ट्रिय निकुञ्जमा आइतबारसम्म निकुञ्जको सुन्दरता र वन्यजन्तुहरुको अवलोकनका लागि घुम्न आउने पर्यटकहरुको संख्या ४ सय २० पुगेको छ ।


तस्वीर : रेमश थापाको फेसबुक वालबाट ...

यसरी घुम्न आउने पर्यटकहरुमध्ये आन्तरिक २ सय ८०, सार्क मुलुकहरुबाट १० र अन्य मुलुकहरुबाट १३० जना रहेको प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले बताउनुभयो । 

यसरी घुम्न आएका पर्यटकहरुबाट ७ ला ४४ हजार ५ सय ९४ रुपैंया ४१ पैसा राजश्व संकलन भएको वहाँले जानकारी गराउनुभएको छ । 

खासगरी बर्दिया राष्ट्रिय निकुञ्जमा वेलायती राजकुमार ह्यारीले अवलोकन भ्रमण गरेपछि यसको सुन्दरता तथा यहाँको प्राकृतिक विविधताका बारेमा विश्वभरी नै फैलिएको हुँदा पछिल्लो समयमा बर्दिया राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको संख्यामा वृद्धि भएको हो । 

बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकहरुको संख्या वृद्धि गर्नका लागि यहाँका भौतिक संरचनाहरुमा विशेष ध्यान दिनु जरुरी छ । सडकको स्तरोन्नती, खानेपानी, विजुली, सञ्चार तथा सुविधा सम्पन्न आवास तथा एटिएम सुविधासहितका बैंकहरुको व्यवस्था गर्न सकिएमा पर्यटकहरुको आगमनलाई अझ वृद्धि गर्न सकिन्छ । 

यति सुन्दर बर्दिया राष्ट्रिय निकुञ्जमा हामी पनि गएर एकपटक यहाँको प्राकृतिक सुन्दरताको अवलोकन गर्ने हो कि ?


हात्तीले फुटबल खेल्दै ... 


यस बिषयमा तपाइको प्रतिक्रिया...!