भक्तपुरमा ११ नगर प्रहरी भर्ना

Posted on: 14 May, 2018

वैशाख ३१ भक्तपुर | सूर्यविनायक नगरपालिकाले नगर प्रहरी भर्ना गरेको छ । नगरपालिका क्षेत्रको रेखदेखका लागि ११ नगरप्रहरी भर्ना गरेको हो । 

भर्ना भएका ती नगरप्रहरीलाई नगरपालिकाले तालीम दिन थालेको छ ।

तालीम सम्पन्न भएसँगै उनीहरूलाई नगरपालिका क्षेत्रको रेखदेखका लागि परिचालन गरिने नगर प्रमुख वासुदेव थापाले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “नगरपालिकाले नगर प्रहरीको तालीम सकिएलगत्तै नगरको रेखरेखका लागि परिचालन गर्नेछ ।

उनीहरुले नगरपालिकाको मापदण्ड र नियम बाहिर गएर गर्ने कुनै पनि कार्यलाई हटाउने छन् ।” 

नगरप्रहरी राख्ने भक्तपुरमा सूर्यविनायक पहिलो नगरपालिका हो । आवश्यकताअनुसार नगरप्रहरीको संख्या थपिँदै जाने बताइएको छ |रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!