भक्तपुरको शिवालय मन्दिरमा शङ्कास्पद अवस्थामा शव फेला

Posted on: 20 May, 2018

जेठ ६ भक्तपुर | भक्तपुर नगरपालिका– ३ स्थित मंगलाछेस्थित शिवालय मन्दिरमा अन्दाजी ६५ वर्षका पुरुषको शव शंकास्पद अवस्थामा भेटिएको छ । 

कालो ज्याकेट, सेतो नीलो सर्ट र नीलोमा सेतो धर्सा भएको ट्र्याकसुट लगाएका वृद्धको शव मन्दिरमै भेटिएको प्रहरी परिसर भक्तपुरका प्रहरीले जानकारी दिएको छ । शव परीक्षणका लागि भक्तपुर अस्पताल पठाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!