भक्तपुरमा पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको ज्यान गयो

Posted on: 12 Jul, 2018

असार २८, भक्तपुर । भक्तपुरमा पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको ज्यान गएको छ ।

चाँगुनारायण नगरपालिका वडा नम्बर ७ मा पर्ने मझुवामा पहिरोले कच्ची घर पुरिँदा सुतिरहेका ७० वर्षीया हिराबहादुर लामा, उहाँकी श्रीमती ६५ वर्षीया सानुमाया र साढे दुई वर्षकी नातिनी सम्पदालाई पहिरोले पुरेको भक्तपुरका प्रमुख अधिकारी नारायणप्रसाद भाटले जानकारी दिनुभयो ।

पक्की घरमा सुतेकाले ज्यान गुमाउने लामाका छोरा बुहारी बाँचेका छन् । प्रमुख अधिकारी भाटका अनुसार  राति पहिरोले घर पुरे पनि बिहान साढे ६ बजेतिर मात्रै खबर आएको बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!