समाज | भक्तपुर - BKT


स्कुटरको ठक्करबाट महिलाको मृत्यु

Posted on August 06, 2020 | views : 1533 | भक्तपुर - BKT

साउन २२, भक्तपुर । चाँगुनारायणबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१५ प ७२६५ नंको स्कुटरले भक्तपुर नगरपालिका १० भक्तपुर–चाँगु सडक वान्टीमा ठक्कर दिँदा पैदलयात्रीको आज मृत्यु भएको छ । स्कुटरको ठक्करबाट भनपा–२ भोलाछे बस्ने ४१ वर्षीया सुन्दरी सुवालको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुृरका प्र

Read More

कुखुरापालनका लागि बनाएको टहरामा जुवातास खेलिरहेका नौ जना पक्राउ

Posted on July 31, 2020 | views : 1335 | भक्तपुर - BKT

साउन १६, भक्तपुर | चाँगुनारायण नगरपालिका–९ फैढोकास्थित सरोज थापाले कुखुरापालनका लागि बनाएको टहरामा जुवातास खेलिरहेका नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक भगवती तिमिल्सेनाको नेतृत्वमा बिहीबार साँझ गएको टोलीले टहरोभित्र जुवातास खेलिरहेको अवस्थामा ज

Read More

छोरा जन्मिएपछि बलात्कारी पक्राउ

Posted on July 23, 2020 | views : 1793 | भक्तपुर - BKT

साउन ८, भक्तपुर | किशोरी बलात्कारका फरार आरोपीलाई छोरा जन्मिएपछि प्रहरीले पक्राउ गरेको छ ।  पत्रिकाको ग्राहक बनाइदिन्छु भनेर आफ्नै कोठामा लगेर डर, धम्की दिई किशोरी बलात्कार गरी फरार रहेका रामेछाप खाँडादेवी गाउँपालिका–९ का राजेश भन्ने सुरेश भण्डारीलाई प्रहरीले १४ महिनापछि पक्राउ गरेको महानगरीय प

Read More

नेपालमा अझै पाँच दिन भारी वर्षा हुने

Posted on July 20, 2020 | views : 26768 | भक्तपुर - BKT

असार ५, काठमाण्डौ | नेपालमा अझै पाँच दिनसम्म भारी वर्षात हुने भएको छ ।  न्यून चापीय रेखा नेपाली आकाशमाथि आएर बसेको र उक्त रेखा नहटेसम्म वर्षात जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका महानिर्देशक सरजुकुमार वैद्यले मुलुकको मौसमी अवस्थाबारे सोमबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री

Read More

पुनर्जीवन पायो निगु पुखुःले

Posted on July 12, 2020 | views : 1710 | भक्तपुर - BKT

असार २८, भक्तपुर । साँझ ढल्कँदै थियो । वरिपरिको बत्तीको उज्यालोले पोखरी चम्किरहेको थियो । बाँसुरीको मनमोहक धुनले सन्ध्याकालीन माहोललाई उत्सवका रुपमा परिणत गरिरहेको थियो । बत्तीको उज्यालोले चम्किएको पोखरीमा राति पनि दुईवटा ढुङ्गा चलिरहेका थिए । पोखरीभित्र सीमित मानिस रहे पनि पोखरीबाहिर वरिपरि हेर्न स

Read More

कतारबाट फर्किएका केहीमा कोरोनाको शंका, सबै यात्रुलाई खरिपाटी क्वारेन्टिनमा राखियो

Posted on July 11, 2020 | views : 2057 | भक्तपुर - BKT

असार २७, भक्तपुर। कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएपछि शुक्रबार कतारबाट फर्किएका एक बालिका, छ महिलासहित १४९ लाई होल्डिङ सेन्टरमा नलगी भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित क्वारेन्टिनमा लगिएको छ ।   कतार एयरवेयजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थल ओर्लिएकामध्ये केहीलाई

Read More

५० लाख जरिवाना तोकिएका अभियुक्त पक्राउ

Posted on July 08, 2020 | views : 1440 | भक्तपुर - BKT

असार २४, भक्तपुर । बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरले दुई महिना कैद र रु ५० लाख जरिवाना फैसला गरेको फरार अभियुक्तलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले सूर्यविनायक नगरपालिका–५ बासुटोल बस्ने ४२ वर्षीय भूपेन्द्र गोराजुलाई पक्राउ गरेको परिसरका प्रहरी ना

Read More

इनारबाट निस्कियो ग्यास, आगोको लप्काले जलेर एक घाइते

Posted on July 07, 2020 | views : 2670 | भक्तपुर - BKT

असार २३, भक्तपुर । चाँगुनारायण नगरपालिका–२ हिन्दुनगरमा आज बिहान इनारमा पूजा गर्ने क्रममा ४२ वर्षीया जमुना राई जलेर घाइते हुनुभएको छ । भर्खरै खनेको इनारमा पूजा गर्ने क्रममा सलाइ कोर्नासाथ इनारबाट निस्केको ग्यासहितको आगोको लप्काले उहाँको अनुहारसहित केही भाग जलेको हो । उहाँको सुष्मा मेमोरियल अस्पताल सा

Read More

आज कोरोना संक्रमित ४२ जिल्लाका, पछिल्लो २४ घण्टामा कुन जिल्लाका कति संक्रमित भेटिए ?

Posted on June 26, 2020 | views : 28210 | भक्तपुर - BKT

असार १२, काठमाडौँ | गत २४ घण्टाना नेपालमा ५ सय ९३ जना कोरोना संक्रमित भेटिएका छन् । आज संक्रमित भएकामा १०७ जना महिला र ४८६ जना पुरुष रहेका छन् ।  योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ हजार सात सय ५५ पुगेको छ ।  यस्तै बितेको २४ घण्टामा ८ महिला र ४० पुरुष गरी ४८ डिस्चार्ज भएको गौतमले

Read More

प्रहरीसहित तीनमा कोरोना पुष्टि, प्रहरीको सञ्चार कक्ष सिलबन्दी

Posted on June 18, 2020 | views : 2506 | भक्तपुर - BKT

असार ४, भक्तपुर | भक्तपुरमा बुधबार एकैदिन एक प्रहरीसहित तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका कार्यरत प्रहरी जवानमा कोरोना पुष्टि भएको हो । चाँगुनारायण नगरपालिका घर भई परिसरको सञ्चार कक्षमा कार्यरत ३२ वर्षीय प्रहरी जवानलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि सञ्चार

Read More

कार्यालय आजबाट सञ्चालन: दुई सिफ्टमा सेवा

Posted on June 15, 2020 | views : 27523 | भक्तपुर - BKT

असार १, काठमाडौँ | कार्यालय आजबाट दुई सिफ्टमा सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को जेठ २८ गतेको निर्णयअनुसार आजबाट कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न लागिएको हो । बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय सञ्चालन हुनेछन् । बन्दाबन्दीलाई केही खुकुलो बनाए

Read More

आज थप १६६ जनामा कोरोना संक्रमण पुष्टि, नयाँ संक्रमित कुन-कुन ठाउँका ?

Posted on May 31, 2020 | views : 30579 | भक्तपुर - BKT

जेठ १८, काठमाडौँ | पछिल्लो २४ घन्टामा थप १६६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितहरुमा पुरुषको संख्या १६२ जना र महिलाको संख्या ४ जना रहेका छन् । यससँगै कुल संक्रमितको संख्या एक हजार ५६७ पुगेको छ ।  नेपालमा हालसम्म ८ जनाको मृत्यु भएको छ भने २२० जना निको भएको स्वास्

Read More

छ दिनमै फर्किनुभयो सङ्क्रमित जनप्रतिनिधि

Posted on May 29, 2020 | views : 1729 | भक्तपुर - BKT

जेठ १६, भक्तपुर | कोरोनाको सङ्क्रमण भएपछि पाटन अस्पतालमा उपचार गराइरहनुभएकी भक्तपुर नगरपालिका–९ की ४२ वर्षीया महिला जनप्रतिनिधि छ दिनमै कोरोनामुक्त भएर घर फर्कनुभएको छ ।  यही जेठ ६ गते भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंमा गरिएको स्वाब सङ्कलनपछि टेकुस्थित राष्ट्रिय

Read More

भक्तपुरको भेलुखेल सिल गर्दैगर्दा...

Posted on May 20, 2020 | views : 2528 | भक्तपुर - BKT

जेठ ७, भक्तपुर | भक्तपुर नगरपालिका–६ भेलुखेलस्थित द्यौलाबस्तीमा आज बिहान हतियारसहित नेपाली सेना र प्रहरी टोली पुग्दा स्थानीयवासी नियमित काममा व्यस्त थिए । प्रहरी देखेपछि किन आए प्रहरी भन्नेबारेमा खैलाबैला भयो । आफ्नै छिमेकीको घरमा एक कोरोना सङ्क्रमित भएर बस्ती सिल गर्ने तयारीका लागि प्रहरी आएको पौने

Read More

भक्तपुर नाकामा अत्यावश्यक बाहेकका सवारी साधन प्रवेशमा निषेध

Posted on May 13, 2020 | views : 1923 | भक्तपुर - BKT

रमेश गिरी । बैशाख ३१, भक्तपुर । विभिन्न जिल्लाबाट काभ्रे हँुदै उपत्यका भित्रिने सवारी साधनलाई भक्तपुर नाकाबाट प्रवेश निषेध गरिएको छ । कोभिड–१९ महामारीको त्रासले उपत्यका छाडेर विभिन्न जिल्लास्थित आफ्ना घरघरमा गएका फेरि काठमाडौँ उपत्यका फर्कन थालेपछि भक्तपुर नाकामा अत्यावश्यक बाहेकका सवारी साधन प्रवेश

Read More

भक्तपुरमा भेटिएकी २५ वर्षीया महिला संक्रमित नर्स भएको खुलाशा

Posted on May 13, 2020 | views : 2746 | भक्तपुर - BKT

वैशाख ३१, काठमाडौँ | भक्तपुरमा मंगलबार कोरोना संक्रमण पुष्टि भएकी महिला नर्स भएको खुलेको छ ।  सुनसरीको रामधुनी नगरपालिका स्थायी घर भइ हाल भक्तपुरको ठिमीमा बस्दै आएकी २५ वर्षाीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । उनी आरोग्य अस्पतालमा कार्यरत नर्स भएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाए

Read More

नेपालमा कोरोना संक्रमितहरुको अवस्था: प्रदेश, जिल्ला र लिंगको आधारमा

Posted on April 23, 2020 | views : 26679 | भक्तपुर - BKT

वैशाख ११, काठमाडौँ | विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमण विरुद्ध लड्ने प्रयास नेपालमा पनि जारी छ । यस क्रममा नेपालले ९ हजार ११ जनामा कोरोना संक्रमणको परीक्षण गरेको छ । जसबाट हालसम्म ४५ जनामा कोरोना भाइरस भेटिएको छ ।  नेपालमा पछिल्ला केसहरु बाहेक सुरुवाती केसहरु बिस्तारै कोरोनामुक्त

Read More

केही दिन बदलीसँगै वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

Posted on April 21, 2020 | views : 23781 | भक्तपुर - BKT

वैशाख ९, काठमाडौँ | स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभावका कारण आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशको अधिकांश भू–भागमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान एक बुलेटिन निकालेर विगत केही दिनदेखि नेपालमा जारी रहेको पश्चिमी वायुको प्रभा

Read More

कोरोना परीक्षणमा ३४१ को नतिजा नेगेटिभ, एसइई परीक्षाका लागि भर्चुअल कक्षा सञ्चालन

Posted on April 18, 2020 | views : 1619 | भक्तपुर - BKT

वैशाख ६, भक्तपुर | कोरोना भाइरस सङ्क्रमण परीक्षण गरेका भक्तपुरका ३४१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना सङ्क्रमण फैलिएका देशबाट स्वदेश फर्केकासहित भक्तपुरका ४५७ जनाको कोरोना परीक्षणमा १६ जनाको रिपोर्ट आउन बाँकी रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिनुभयो । भक्तपुर अस्

Read More

दैलोदैलोमै दैनिक रगत सङ्कलन: रगत अभाव छैन

Posted on April 10, 2020 | views : 1530 | भक्तपुर - BKT

चैत २८, भक्तपुर | नेपाल रेडक्रस सोसाइटी, भक्तपुर जिल्ला शाखाले लकडाउनको अवधिमा रगतको अभाव हुन नदिन दैलोदैलोमै रगत सङ्कलनको अभियान सञ्चालन गरेको छ । कारोना भाइरसको माहामारी हुन नदिन सरकारले गरेको लकडाउनमा रेडक्रसले ‘डोर टु डोर रक्तदान’ अभियान सञ्चालन गरेको भक्तपुर जिल्ला सभापति मनोजकुमार थापाले जानका

Read More

औँठी–आइफोन हातमा बोकेर राहतको लाइनमा

Posted on April 07, 2020 | views : 1908 | भक्तपुर - BKT

रमेश गिरी | चैत २५, भक्तपुर | लकडाउनका बेलामा अति विपन्न एवं ज्याला मजदुरीमा दैनिक गुजारा चलाउनेलाई वितरण गरिने राहत हुनेखानेहरु नै लाइनमा बसेर लिन थालेका छन् । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले लागू गरेको लकडाउनमा दैनिक मजदुरी गरेर खानुपर्ने मानिस भोकै बस्नु नपरोस् भनेर स्थानीय तहले शुरु गरेक

Read More

इँटाभट्टाको पोखरीमा डुबेर पुरुषको मृत्यु

Posted on April 05, 2020 | views : 1369 | भक्तपुर - BKT

चैत २३, भक्तपुर | चाँगुनारायण नगरपालिका–८ सुडालमा रहेको बीएम इँटाभट्टाले बनाएको पोखरीमा डुबेर उदयपुर गाईघाट नगरपालिका–४ आमटार घर भई सोही भट्टामा काम गर्ने ३० वर्षीय मुकेश राईको गए राति मृत्यु भएको छ । इँटा बनाउने पानी जम्मा गर्न बनाइएको पोखरीमा डुबेर मृत्यु भएको थाहा पाएपछि प्रहरीले पोखरीबाट शव झिके

Read More

नेपालभर घरबाट बाहिर ननिस्कने आदेशको अपेक्षाकृत पालना

Posted on March 25, 2020 | views : 22502 | भक्तपुर - BKT

चैत १२, काठमाडौँ | कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सरकारले नेपालभर मङ्गलबारदेखि लागू हुने गरी घरबाट बाहिर ननिस्कन जारी गरेको आदेश अपेक्षाकृतरुपमा पालना भएको पाइएको छ । पहिलो पटक भएकाले अज्ञानताका कारण केही नागरिक फाट्टफुट्ट घरबाट निस्के पनि अधिकांश घरभित्रै बसेकाले शान्ति सुव्यवस्था क

Read More

खेल्दै गरेका बालकको टिपरको ठक्करबाट मृत्यु

Posted on March 14, 2020 | views : 1603 | भक्तपुर - BKT

चैत १, भक्तपुर | चाँगुनारायण–९ स्थित जय ब्रम्हायणी इँटाभट्टामा खेल्दै गरेका एक डेढ वर्षे बालकको सोही इँट्टाभट्टामा माटो बोक्ने बा५ख ७९७१ नंको मिनीटिपरको ठक्करबाट  मृत्यु भएको छ । मृत्युहुनेमा सर्लाही जिरायल घर भएका १९ वर्षीय ईश्वर मोक्तानको १८ महिने छोरा शिशिर मोक्तान रहेको महानगरीय प्रहरी परिस

Read More

भक्तपुरमा मिनी ट्रकको ठक्करबाट बालकको मृत्यु

Posted on February 24, 2020 | views : 2041 | भक्तपुर - BKT

फागुन १२, भक्तपुर । भक्तपुर नगरपालिका–९ च्यामासिंहबाट ब्रम्हायणीतर्फ जाँदै गरेको बा३क ३५८८ नंको मिनी ट्रकले ठक्कर दिँदा एक पैदल यात्री बालकको मृत्यु भएको छ ।  ठक्करबाट भक्तपुर–१० कमलविनायक बस्ने ११ वर्षीय तिलक मकाजूको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता दीपक गिरीले जानकारी दिनु

Read More

बसमा पाकेट मारेर भाग्दै गरेका तीन पाकेटमारा भक्तपुरबाट पक्राउ

Posted on January 29, 2020 | views : 2044 | भक्तपुर - BKT

माघ १५, भक्तपुर (रासस)  ।  महानगरीय प्रहरी वृत्त थिमिको टोलीले मङ्गलबार बसमा पाकेट मारेर भाग्दै गरेका तीन पाकेटमारलाई रु ११ हजारसहित पक्राऊ गरेको छ । पक्राउ पर्नेमा धनकुटा सागुरीगढी गाउँपालिका–७ घर भई हाल ललितपुर ठैब बस्ने २० वर्षीय नवीन राई, सिन्धुली घ्याङलेक गाउँपालिका–६ घर भई

Read More

भक्तपुरमा आफ्नै साथीको छुरा प्रहारबाट एकको मृत्यु, दुई पक्राउ

Posted on January 23, 2020 | views : 2599 | भक्तपुर - BKT

माघ ९, भक्तपुर (रासस) । मदिरा सेवा गरी सामान्य विवाद हुँदा आफ्नै साथीको छुरा प्रहारबाट एक किशोरको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–६ भोलाछेंमा भएको विवादमा छुरा प्रहार गर्दा भक्तपुर–१० चोखा कमलविनायक बस्ने १५ वर्षीय रोहन सुवालको बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।  छुरा प्रहारपछि फरार

Read More

काठमाडौंको न्यूनतम तापक्रम १ डिग्रीभन्दा तल (कहाँको तापक्रम कति ?)

Posted on December 27, 2019 | views : 31267 | भक्तपुर - BKT

पुष ११, काठमाडौँ | उपत्यकामा चिसो बढेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्रीमा झरेको छ । काठमाडौँ सहित देशका बिभिन्न स्थानको तापक्रम तुलनात्मक रुपमा घट्दै गएको छ ।  काठमाडौँमा रातिको समय चिसो बढेको र दिउँसो आकाश खुला भएर घाम लागेपछि तापक्रम बढ्ने क्रममा छ । यो समाचार तयार पार्दाको

Read More