समाज | भक्तपुर - BKT


प्रदेश ३ सरकारद्वारा पशुपालनका लागि ६ करोड अनुदान वितरण

Posted on July 28, 2019 | views : 2866 | भक्तपुर - BKT

साउन १२, हेटौँडा । प्रदेश नं. ३ सरकारले आर्थिक वर्ष २०७५/७६ मा पशुपालनका लागि करिब रु ६ करोड अनुदान वितरण गरेको छ । कृषि उत्पादन र पशुपालनमार्फत प्रदेशको आर्थिक समृद्धिको आधार तयार हुने विश्वासका साथ प्रदेश सरकारले अनुदान स्वरुप सो रकम वितरण गरेको हो । प्रदेश ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी

Read More

भक्तपुरमा मोटरसाइकलले ठक्कर दिंदा एक जनाको मृत्यु, एक जना घाइते

Posted on July 27, 2019 | views : 1801 | भक्तपुर - BKT

साउन ११ भक्तपुर । सूर्यविनायक नगरपालिका–५ घलातेचोकमा आज काठमाडाँैबाट भक्तपुरतर्फ आउँदै गरेको बा९५प ९४३५ नंको मोटरसाइकलले ठक्कर दिँदा नौ वर्षीय बालकको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट सिन्धुपाल्चोक चौतारा नगरपालिका गैरीगाँउ घर भई हाल सूर्यविनायकमा डेरा गरी बस्ने नौ वर्षीय दीप श्रेष्ठको मृत्यु भएक

Read More

भक्तपुरमा एक महिला मृत अवस्थामा फेला

Posted on July 21, 2019 | views : 1524 | भक्तपुर - BKT

साउन ५, काठमाडौँ  | सूर्यविनायक नगरपालिकास्थित सिर्जनानगरको झाडीमा आज एक शव भेटिएको छ । सिर्जनानगर बस स्ट्याण्डसँगैको सडक पेटीको भित्तामा घाँसे झाडीभित्र अन्दाजी ५० देखि ५५ वर्षकी महिला मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो

Read More

भक्तपुरमा जुवातास खेल्ने १६ जना पक्राउ

Posted on July 20, 2019 | views : 1496 | भक्तपुर - BKT

साउन ४, भक्तपुर । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा दुई ठाउँबाट १६ जनालाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–६ सूर्यविनायकस्थित हरिबहादुर खड्काको घरमा गए राति महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको हो ।  जुवाखालबाट प्रहरीले नगद

Read More

भक्तपुरमा छतबाट खसेर मृत्यु

Posted on July 19, 2019 | views : 1426 | भक्तपुर - BKT

साउन ३, काठमाडौँ  |  भक्तपुर नगरपालिका–९ लिवालीमा आफ्नै घरको छतबाट खसेर ४५ वर्षीय सूर्यलाल भूमीको मृत्यु भएको छ ।  तीनतले घरको छतमा चिप्लिएर लडेपछि उपचारका लागि भक्तपुर अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक रेवतीरमण पोखरेलले जानकार

Read More

देशभरीको अविरल वर्षा: कम्तीमा ५० जनाको मृत्यु, १० हजार विस्थापित

Posted on July 14, 2019 | views : 19836 | भक्तपुर - BKT

असार २९, काठमाडौँ | नेपालमा अविरल वर्षाका कारण आइतवार दिउँसोसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ भने झन्डै १० हजार व्यक्ति विस्तापित भएका छन् । बर्षाका कारण ३१ जनाको अवस्था अज्ञात रहेको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार अहिलेसम्म झन्डै १० हजार व्यक्ति

Read More

भक्तपुरमा डुबान शुरु उच्च सतर्कतामा रहन आग्रह

Posted on July 12, 2019 | views : 2078 | भक्तपुर - BKT

असार २७, काठमाडौँ | अविरल वर्षाका कारण उर्लिएको हनुमन्तेको बाढी बस्तीमा पस्न थालेपछि भक्तपुरमा डुबान शुरु भएको छ । हिजोदेखि नै परेको अविरल वर्षाका कारण हनुमन्ते नदीमा आएको बाढी खोलाभन्दा माथि आएपछि बस्तीमा पानी पस्न थालेको हो ।  हनुमन्तेमा बाढी उर्लिएपछि जिल्ला प्रशासन कार्यालयले हनुमन्ते नदी आ

Read More

काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का, केन्द्रबिन्दु भक्तपुर

Posted on July 06, 2019 | views : 18811 | भक्तपुर - BKT

असार २१, काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का महसुस भएको छ ।  अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । यो पराकम्प नै भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिए ।

Read More

भूकम्प पीडित भन्छन् :‘पुनःनिर्माणले हामीलाई सुकुम्बासी बनायो’

Posted on July 04, 2019 | views : 1382 | भक्तपुर - BKT

असार १९, काठमाडौँ | विसं २०७२ वैशाख १२ गतेको भूकम्पमा ठूलै जनधनको क्षति भएको सिकारीटारका भूकम्पपीडितले पुनःनिर्माणले आफूहरुलाई सुकुम्बासी बनाएको बताएका छन् ।  अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले आज सूर्यविनायक नगरपालिका– ४ सिकारीटारमा आयोजना गरेको ‘भूकम्पपीडितका लागि राहत तथा पुनः

Read More

वर्षा लागेसँगै उपत्यकाको मध्यपुर र बालकोटका बासिन्दा दिनरात त्रासमा

Posted on July 04, 2019 | views : 1655 | भक्तपुर - BKT

रमेश गिरी | असार १९, काठमाडौँ | वर्षायाम शुरु भएसँगै मध्यपुरथिमि, सूर्यविनायक र भक्तपुरका बासिन्दा दिनरात त्रासमा बसेका छन् । वर्षामा हनुमन्ते नदीमा आएको बाढी गत वर्षजस्तै बस्तीमा पसेर वितण्डा मच्चाउला भन्ने डर र त्रासमा यहाँका बासिन्दा बसेका हुन् । गत वर्ष असार २८ गते परेको भीषण वर्षाका कारण भक्तपु

Read More

छोरीको योजनामा आमाको हत्या, चार पक्राउ

Posted on July 01, 2019 | views : 1444 | भक्तपुर - BKT

असार १६, काठमाडौँ | आइतबार भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बाँसबारीमा ६१ वर्षीय सावित्री भट्टराईको हत्या मृतककी छोरीको योजनाअनुसार भएको खुल्न आएको छ । महानगरीय अपराध महाशाखाले आज पत्रकार सम्मेलन गरी आइतबार दिउँसो घाँटी रेटेर हत्या गरिएकी भट्टराईको मृतककी छोरी ईश्वरी भट्टराईको योजनाअनुसार भएको बताए

Read More

भक्तपुरमा एक महिलाको घाँटी रेटेर हत्या

Posted on June 30, 2019 | views : 1707 | भक्तपुर - BKT

असार १५, भक्तपुर । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रको पछाडि आज दिउँसो एक महिलाको घाँटी रेटेर हत्या गरिएको छ ।  ज्वाइँको घरमा बस्दै आउनुभएकी ६० वर्षीया सावित्री भट्टराईको घाँटी रेटेर हत्या भएको भक्तपुर महानगरीय प्रहरी परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सवीन प्रधानल

Read More

महिलाको दिउँसै घाँटी रेटेर हत्या

Posted on June 30, 2019 | views : 1845 | भक्तपुर - BKT

असार १५, काठमाडौँ | भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रको पछाडि आज दिउँसो एक महिलाको घाँटी रेटेर हत्या गरिएको छ ।  ज्वाइँको घरमा बस्दै आउनुभएकी ६० वर्षीया सावित्री भट्टराईको घाँटी रेटेर हत्या भएको भक्तपुर महानगरीय प्रहरी परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सवीन प्रधान

Read More

प्रदेश नं ३ : दुई विधेयक पारित

Posted on June 26, 2019 | views : 2907 | भक्तपुर - BKT

असार ११, हेटौँडा । प्रदेश नं ३ प्रदेशसभाको आज अपराह्न बसेको बैठकले कर तथा गैरकर राजश्वसम्बन्धी विधेयक २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७६ र प्रदेशमा आर्थिक ऐन २०७५ लाई संशोधन गर्न बनेको (क), (ख) र (ग) विधेयकलाई बहुमतले पारित गरेको छ ।  उक्त बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढ

Read More

भक्तपुरमा टिपरसँग ठोक्किँदा स्कुटर चालकको मृत्यु

Posted on June 18, 2019 | views : 1746 | भक्तपुर - BKT

 असार ३, भक्तपुर । सूर्यविनायक नपा– ९ नलिनचोकमा जगातीबाट साँगातर्फ जाँदै गरेको बा४ख ५६७१ नं को टिपरसँग ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ ।  साँगातर्फ जाँदै गरेको प्रदेश नं ३–०२–००३ प १२६६ नंको स्कुटर बायाँ साइडको चक्कामा ठोक्किँदा काभ्रेपलाञ्चोक पाँचखाल नपा– ९ घर भई हाल भक्तपुर सूर्यवि

Read More

भक्तपुरमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

Posted on June 11, 2019 | views : 1639 | भक्तपुर - BKT

जेठ २८, भादगाउँ । मध्यपुरथिमि नगरपालिका–६ कुण्डोलमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । सिन्धुपाल्चोक सुनखानी गाउँपालिका–५ का अम्मरबहादुर पराजुलीको निर्माण गर्न लागेको घरको जग खन्ने क्रममा माटोको ढिस्को पल्टिएर पुरिँदा सिन्धुपाल्चोक घरभई हाल पुरानो थिमि बस्ने ३५ वर्षीया रोजनी खड्काको म

Read More

भारतीय टेलिभिजन जी टिभीको रियालिटी सो सारेगमपमा चौँथो हुन सफल आयुष केसीलाई एक लाखसहित सम्मान

Posted on June 11, 2019 | views : 2022 | भक्तपुर - BKT

जेठ २८, भक्तपुर । भारतीय टेलिभिजन जी टिभीको रियालिटी सो सारेगमपमा चौँथो हुन सफल कक्षा ८ मा अध्ययनरत् विद्यार्थी आयुष केसीलाई रु एक लाखसहित सम्मान गरिएको छ ।  सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित मोर्डन स्कूलले आज आयोजना गरेको सम्मान कार्यक्रममा स्कूलका प्रमुख बाबुकाजी कसपाल, प्राचार्य अनिल कसपा

Read More

भक्तपुर: दुर्घटना रोक्न सवारी गति निर्धारण

Posted on June 11, 2019 | views : 1621 | भक्तपुर - BKT

जेठ २८, भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुर क्षेत्रमा बढ्दो दुर्घटना न्यूनीकरण गर्न सवारीसाधनको गति निर्धारण गरेको छ ।  प्रहरीले काभ्रेको साँगाबाट भक्तपुर भित्रिएपछि जडीबुटी मनोहरा पुलसम्म प्रत्येक सवारीसाधनको अत्यधिक गति प्रतिघण्टा ५० किलोमिटर निर्धार

Read More

स्कार्पियो रुखमा ठोक्किँदा चार घाइते

Posted on June 06, 2019 | views : 1602 | भक्तपुर - BKT

जेठ २३, भक्तपुर | भक्तपुर दुधपाटीबाट तीव्रगतिमा सल्लाघारीतर्फ गइरहेको बा१४प ६३२९ नंको स्कार्पियो सैनिक आवासीय महाविद्यालय अगाडि आज बिहान करीब ३ः०० बजे सडक किनाराको    रुखमा ठोक्किएर दुर्घटना हुँदा चार घाइते भएका छन् । दुर्घटनामा गुल्मी घर भई हाल नयाँबानेश्वर बस्ने २३ वर्षीय गाडी चालक राजन

Read More

प्रदेश नं ३ का मुख्यमन्त्री पौडेल अस्पताल भर्ना

Posted on June 03, 2019 | views : 2486 | भक्तपुर - BKT

जेठ २०, हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल एक हप्ताका लागि अस्पताल भर्ना हुनुभएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल जानुभएका पौडेललाई अस्पतालले एक हप्ताका लागि भर्ना गरेको हो ।  मुख्यमन्त्री पौडेल मुटुको नियमित परीक्षणका लागि काठमाडौँको शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग

Read More

सातै प्रदेशमा विद्युतीय बस सञ्चालन

Posted on May 29, 2019 | views : 17806 | भक्तपुर - BKT

जेठ १५, काठमाडौँ (रासस) | सरकारले आगामी आर्थिक वर्षदेखि सातै प्रदेशमा विद्युतीय बस सञ्चालन गर्ने भएको छ ।  सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि विद्युतीय बस सञ्चालन गरिने बताउनुभयो

Read More

चोरीका मोटरसाइकलसहित ६ जना पक्राउ

Posted on May 28, 2019 | views : 1371 | भक्तपुर - BKT

जेठ १४, भक्तपुर । महानगरीय प्रहरी वृत्त जगाती र प्रहरी वृत्त ठिमीले चोरीका छ मोटरसाइकलसहित छ जनालाई पक्राउ गरेको छ । आज महानगरीय प्रहरी परिसर भक्तपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिँदै प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले प्रहरीले विभिन्न ठाउँबाट चोरी भएका मोटरसाइकलसहित चोरीमा संलग्नला

Read More

प्रदेश ३ को नाम गौरीशङ्कर राख्नुपर्ने बहस

Posted on May 26, 2019 | views : 2233 | भक्तपुर - BKT

जेठ १२ काठमाडौँ । प्रदेश नं ३ को नाम ‘गौरीशङ्कर’ राख्नुपर्ने प्रस्तावमाथि बहस शुरु भएको छ । प्रदेशसभा सदस्य विशाल खड्काले उक्त प्रदेशको नामकरण गौरीशङ्कर राख्नुपर्ने प्रस्ताव प्रदेशसभामा दर्ता गराएपछि नामकरणका विषयमा बहस शुरु भएको हो । प्रदेश ३ का प्रतिनिधिसभा तथा प्रदेशसभाका सांसदले सो प्रदेशको

Read More

भक्तपुरस्थित एक अस्पतालमा आन्दोलनरत् नर्स र अस्पताल प्रशासनबीच १० बुँदे सहमति

Posted on May 19, 2019 | views : 1350 | भक्तपुर - BKT

जेठ ५, भक्तपुर | भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आन्दोलनरत् नर्स र अस्पताल प्रशासनबीच आज राति १० बुँदे सहमति भएको छ । सहमतिपछि विगत १० दिनदेखि प्रत्यारोपण केन्द्रमै आमरण अनशनमा बसेकी नर्स दिक्की शेर्पा र बिपी स्मृति अस्पताल बसुन्धरामा अनसनरत् नर्स जिता बरालले अनशन तोडेका छ

Read More

प्रदेश नं ३ : दुई विधेयक पारित

Posted on May 16, 2019 | views : 2009 | भक्तपुर - BKT

जेठ २ हेटौँडा । प्रदेश नम्बर नं ३ को प्रदेशसभाको बैठकले प्रदेशमा बीउबिजनको व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्रदेशमा कृषि व्यवसाय प्रवर्द्धन गर्न बनेको विधेयक २०७६ लाई सर्वसम्मतिबाट गरेको छ । आज बसेको प्रदेशसभा बैठकमा कृषि भूमि व्यवस्था तथा सहकारीमन्त्री दावा दोर्जे लामाले ती दुवै विधेयक पारित गरिय

Read More

भक्तपुरमा तीन किशोरीलाई पटकपटक बलात्कार गरेको अभियोगमा तीन जना पक्राउ

Posted on May 15, 2019 | views : 1949 | भक्तपुर - BKT

जेठ १, भक्तपुर । एकैसाता तीन किशोरीलाई पटकपटक बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी परिसर भक्तपुरले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पन्ध्र वर्षीया किशोरीलाई डर धम्की दिई पटकपटक बलात्कार गरेको अभियोगमा प्रहरीले सिरहा पदमपुर घर भई हाल भक्तपुर नगरपालिका–२ सल्लाघारी बस्ने १८ वर्षीय विजय भ

Read More

भक्तपुरमा पर्यटक आगमनमा वृद्धि

Posted on May 14, 2019 | views : 1494 | भक्तपुर - BKT

बैशाख ३१, भक्तपुर | भक्तपुरमा आउने पर्यटकको सङ्ख्या यस वर्ष वृद्धि भएको छ । पर्यटकको सङ्ख्या वृद्धि भएसँगै भक्तपुर नगरपालिकाको आम्दानीसमेत वृद्धि भएको छ । भक्तपुर नगरपालिकाभित्र रहेका ऐतिहासिक सम्पदाको अवलोकनका लागि आउने पर्यटकको सङ्ख्यामा २०७४ सालको तुलनामा २०७५ सालमा ३४ हजार ८३४ ले वृद्धि भएको भक्

Read More

भूकम्प नभोगेको पश्चिम नेपालमा समेत भूकम्प जानसक्ने सम्भावना, पूर्व तयारीमा लाग्न सुझाव

Posted on May 12, 2019 | views : 15852 | भक्तपुर - BKT

प्रकाश सिलवाल | वैशाख २९, काठमाडौँ | गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरुले औँल्याएका छन् ।  स्वदेशी र विदेशी विज्ञहरुले यसबारे राष्ट्रिय/अन्तर्राष्ट्

Read More