उपत्यकाका सिडिओहरू बैठक बस्दै, निषेधाज्ञा थप खुकुलो हुने

Posted on: 20 Jun, 2021

असार ६, काठमाडौँ | काठमाडौं उपत्यकाभित्रका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू आज वैठक बस्दैछन् । निषेधाज्ञाबारे छलफल गरी आवश्यक निर्णय लिन आज अपरान्ह ३/४ बजेतिर बैठक बस्ने तयारी भएको हो ।

आजको बैठकमा छलफल भएपछि निषेधाज्ञा थप गर्ने र कुन-कुन क्षेत्र खुल्न दिने भन्नेबारे निर्णय हुनेछ । अबको निषेधाज्ञा केहि खुकुलो हुने बताइएको छ । 

उपत्यकामा संक्रमितको संख्या घट्दै गएपछि अबको निषेधाज्ञा अझै खुकुलो बन्नेछ । 

तश्विर: अनिल अधिकारी/काठमाडौँ 

हाल खाद्यान्न र तरकारी पसल बिहान ११ बजेसम्म खोल्न पाइने, निर्माण सामग्री विक्री गर्ने पसल अपरान्ह ४ बजेपछि खोल पाइने अवस्थामा अब निश्चित समयमा कपडा पसललगायत अन्य पसल पनि खुल्न दिनेबारे आज निर्णय हुनसक्नेछ ।

यसअघि कोरोना निर्देशक समितिको बैठकले आर्थिक क्षेत्र चलायमान हुने गरी असार दोस्रो सातादेखि स्मार्ट लकडाउन गर्ने निर्णय गरेको थियो । साथै मलेसिया, साउदी र युएई लगायत देशसँगको अन्तराष्ट्रिय उडान पनि खोल्ने निर्णय गरेको थियो । 

आजको बैठकले जोर/बिजोर प्रणालीलाई लागु गरि सवारी साधन चल्न दिने निर्णय गर्न सक्ने सम्भावना छ । त्यस्तै सरकारी कार्यालयलाई सातामा दुई दिन बिदा दिएर खोल्ने सम्भावना छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!