विप्लव माओवादीको भक्तपुर सेक्रेटरीमा आजात केसी चयन

Posted on: 16 Jan, 2017


माघ ३, काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा(माओवादी)को भक्तपुर जिल्ला सेक्रेटरीमा आजात केसी चयन भएका छन् ।

सोमवार भक्तपुरमा सम्पन्न पार्टीको ७ औं जिल्ला सम्मेलनबाट केसीको नेतृत्वमा ३५ सदस्यी जिल्ला कमिटि गठन गरिएको हो  । सम्मेलन लगत्तै बसेको पहिलो बैंठकले केसीलाई सर्वसम्मतिले सेक्रेटरीमा चयन गरेको अखिल (क्रान्तीकारी)का केन्द्रीय सदस्य एकराज डाँगीले जानकारी दिए ।


माओवादीका जनसरकार प्रमुख सन्तोष बुढा मगरको प्रमु्ख आतिथ्यतामा सम्पन्न सम्मेलनमा माइला लामा, बाबुराम गज्मेर  लगायत उपस्थित थिए । माओवादीले आउँदो फाल्गुन १ गते पार्टीको केन्द्रीय सम्मेलन गर्दैछ । सम्मेलनबाट पार्टीको नाम समेत परिर्वतन गरिने चर्चा चलेको छ ।

तस्विर सौजन्य: सुनिल बन्जाडे

यस बिषयमा तपाइको प्रतिक्रिया...!