अखिल क्रान्तिकारी भक्तपुरले जिशिअलाई बुझायो ८ बुँदे ज्ञापनपत्र

Posted on: 22 Mar, 2017


चैत ९, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी भक्तपुरले जिल्ला शिक्षा अधिकारिलाई ८ बुदेँ ज्ञापनपत्र बुझाएको छ । 

बुधबार अखिल क्रान्तिकारीका भक्तपुर जिल्ला अध्यक्ष शुनिल बन्जाडेको नेतृत्वमा गएको टोलीले अनुमती बिना खोलिएका निजि बिधालय खारेजीको माग गर्दै जिल्ला शिक्षा अधिकारी अर्जुन रायमझीलाई ज्ञापनपत्र बुझाएको हो । 

अध्यक्ष बन्जाडेद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा मापदण्ड बिपरित खोलिएका मन्टेश्वरी स्कुललाइ तत्काल कारबाही गर्नुपर्ने, अनाधिकृत रुपमा खुलेका ट्युसन सेन्टर, कोचिंग  सेन्टर तत्काल बन्द गर्न आग्रह गरिएको छ ।  

यस्तै बिद्यार्थीलाइ दिईने छात्रवृति अनुगमन गरि लक्षित बर्गलाई दिने व्यवस्था कार्यन्वयन गर्नुपर्ने, सरकारी बिद्यालयमा विभिन्न प्रयोजनमा लीइने शुल्क खारेजी गर्नुपर्ने लगाएतका माग रहेका छन् ।

आफ्ना मागहरु एक हप्ताभित्र पुरा नगरे प्रतिरोधपूर्ण संघर्ष र धक्कामुलक कारबाही गर्न बाध्य हुने र त्यसबाट आउने सम्पूर्ण परिणामको जिम्मेवारी जिल्ला शिक्षा कार्यालयले लिनुपर्ने बिज्ञप्तिमा उल्लेख गरिएको छ ।  

ज्ञापनपत्र हेर्नुहोस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!