चाँगुनारायण नगरपालिकामा एमाले विजयी

Posted on: 30 May, 2017

जेठ १६, भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाको नगर प्रमुख तथा उपप्रमुख पदमा नेकपा एमालेका उम्मेदवार बिजयी भएका छन् ।

एमालेका नगर प्रमुखका उम्मेदरवार सोम प्रसाद मिश्र ८ हजार ५ सय १२ र एमालेकी नगर उपप्रमुख विणा बास्तोला ८ हजार ७ सय ३९ मत ल्याएर बिजयी भएका हुन् ।

मिश्रका निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नगरप्रमुखका उम्मेदवार राजाराम खड्काले ६ हजार ८ सय ६९ र बास्तोलाकी निकतम प्रतिद्वन्द्वी कांग्रेसी उप प्रमुख उम्मेदवार सरु बानियाँले ७ हजार ४ सय ६७ मत प्राप्त गरेकी छिन् ।

वडा नं. ६ को एउटा बुथमा पुनः मतदान र चार मतगणना रोकिएर पुनः सुचारु भएकाले परिणमा आउन ढिला भएको हो ।

चाँगुनारायण नगरपालिकामा वडा नं १, २, ५ र ७ मा नेपाली काँग्रेसको समूह विजयी भएपनि वडा नं ३, ४, ६, र ८ मा एमालेको समूह नै विजयी भएको छ । वडा नं ५ र ७ मा एक–एक सदस्यमा एमालेका उम्मेदवार नै विजयी भएका थिए ।

निर्वाचित भएलगत्तै प्रतिक्रिया दिँदै नगरप्रमुखमा निर्वाचित मिश्रले घोषणापत्रअनुसार नै एमालेले काम गर्ने र चाँगुनारायण नगरपालिकाको समग्र विकास गर्दै यस नगरपालिकाको मुहार फेर्ने प्रतिबद्धता व्यक्त गरे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!