वाम गठबन्धनले भक्तपुरमा बिजुक्क्षेलाई सघाउने

Posted on: 29 Oct, 2017

कात्तिक १२, काठमाडौ | नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्क्षेलाई सघाउने भएको छ ।

बाम गठबन्धनको एकता संयोजन समितिले  शनिबार सिटको बाँडफाँड गर्दा १० ठाउँमा ‘स्वतन्त्र’ उम्मेदवारलाई सघाउने निर्णय गरेको एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।

गठबन्धनले १० ठाउँमा स्वतन्त्र (अन्य पार्टी)का उम्मेदवारलाई सघाउने निर्णय गरेको जनाएको छ । जसमध्य भक्तपुर १ मा बिजुक्क्षेलाई सघाउने भएको हो ।

यसअघि वाम गठबन्धन र नेपाली कांग्रेस दुबैले भक्तपुरमा नेमकिपासँग चुनावी तालमेलको लागि प्रयास गरेका थिए तर भारत परस्त भएको भन्दै उसले अस्विकार गरेको थियो । 

कांग्रेसले समेत आफ्नो गठबन्धनमा ल्याउन प्रयास गरेपनि असफल भएको थियो । नेमकिपाले कांग्रेससँग आफ्नो सिद्धान्त फरक पर्ने भन्दै गठबन्धनमा आउन नसक्ने जवाफ दिएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!