भक्तपुरबाट लगातार ५ पटक जितेका विजुक्छेले उम्मेदवारी दिएनन्

Posted on: 02 Nov, 2017

कात्तिक १६, काठमाडौं । लगातार ५ पटकसम्म चुनाव जितेका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले यो पटक भने उम्मेदवारी दिएका छैनन् ।

प्रतिनिधिसभाका लागि भक्तपुर क्षेत्र नम्बर १ मा प्रेम सुवाल र २ मा अनुराधा थापा मगरले मनोनयन दर्ता गरेका हुन् । दुबै निवर्तमान सांसद हुन् ।

जिल्लामा प्रदेशसभातर्फ १ को ‘क’मा निरज लवाज र ‘ख’मा सुरेन्द्र गोसाई तथा २ को ‘क’सरोजराज गोसाई र ‘ख’मा प्रेमजन थापाले उम्मेदवारी दिएका छन् ।

नयाँ पुस्तालार्इ अवसर दिन भन्दै बिजुक्छेले चुनावमा नउठ्ने निर्णय गरेको बताएका छन् । भक्तपुर १ अन्तर्गत बिजुक्छेको क्षेत्रमा  प्रेम सुवालले उम्मेद्वारी दिएका छन् । यो क्षेत्रमा २०४८ यता भएका सबै चुनाव सबै बिजुक्क्षेले जितेका थिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!