भक्तपुरमा फेरि पनि थापा र कवेबीच सभापतिका लागि प्रतिस्पर्धा

Posted on: 27 Nov, 2021

मंसिर ११, काठमाडौं | नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार भक्तपुरमा जिल्ला अधिवेशन हुँदैछ । 

भक्तपुरमा वर्तमान सभापति दुर्लभ थापा र अष्टमान कवेबीच प्रतिस्पर्धा भइरहेको छ । १३औं महाधिवेशनमा पनि थापा र कवेबीच प्रतिस्पर्धा भएको थियो । संस्थापन पक्षका थापाले प्रकाशमान सिंह निकट कवेलाई पराजित गरेका थिए । 

वडा, पालिका, प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा संस्थापन र इतर पक्षको बराबरी प्रतिनिधि चयन भएका छन् । महाधिवेशन प्रतिनिधिमा पनि दुवै पक्षका बराबरीजसो निर्वाचित भएकाले सभापतिमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!