जीविकोपार्जनका लागि नगद वितरण

Posted on: 18 Feb, 2017

फागुन ७, नगरकोट । नेपाल रेडक्रस सोसाइटी भक्तपुरले भूकम्प प्रभावितको जीविकोपार्जनका लागि शुक्रबारदेखि नगद वितरण सुरु गरेको छ । 

रेडक्रस भक्तपुरका सभापति मनोजकुमार थापाले चाँगुनारायण–१७ झौखेल निवासी एकल महिला गणेशमाया दनेखुलाई नमुना चेक हस्तान्तरण गरी नगद वितरण कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । चाँगुनारायण – ६ र १७ का दुई सय १२ परिवार भूकम्प प्रभावितलाई पहिलो किस्ता बैंक मार्फत वितरण गरियो । 

जिप्रका भक्तपुरले तोकिदिएकोे जिल्लाका विभिन्न नगरपालिकाका २१ वटा वडाको करिब तीन हजार एक सय घरधुरीलाई रु २० हजारका दरले नगद अनुदान सहयोग वितरण गर्ने कार्यक्रम छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!