भक्तपुरमा पेस्तोल देखाएर ८ लाख बढी लुटपाट

Posted on: 21 Feb, 2017

फागुन १०, भक्तपुर । पाँचजनाको समूहमा घरभित्र पसेका लुटेराको समूहले भक्तपुर नगरपालिका–२ लिवालीस्थित राजकुमार लाखेमरुको घरबाट रु आठ लाख ७५ हजार ६६० लुटेर लगेका छन् । 

गएराति दुईवटा मोटरसाइकलमा आएका नकावधारी पाँचजनाको समूहले भैरब इँटाभट्टाका सञ्चालक लाखेमरुको परिवारलाई पेस्तोल देखाएर उक्त रकम लुटेर लगेको पीडित लाखेमरुले बताउनुभयो । 

उहाँले इँटाभट्टामा बुझाउन दराज र कपडामा राखेको उक्त रकम, दुईवटा मोबाइल, इँटाभट्टामा प्रयोग गरिने एउटा वाकीटकी लुटेर लगेको बताउनुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!