भक्तपुरमा ७८ मतदान केन्द्र निर्धारित, कहाँ कति मतदान केन्द्र ?

Posted on: 21 Mar, 2017

चैत ८, भक्तपुर । स्थानीय तहको निर्वाचनका लागि जिल्लामा ७८ मतदान केन्द्र निर्धारण गरेको छ । 

जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जिल्लाका चार नगरपालिकाका लागि मतदान केन्द्र सिफारिस गरेर निर्वाचन आयोगमा पठाएको कार्यालयका प्रमुख उमेश राईले जानकारी दिनुभयो । सोअनुसार भक्तपुरमा १७, मध्यपुरथिमिमा १७, सूर्यविनायक २३ र चाँगुनारायण नगरपालिकामा २१ मतदान केन्द्र निर्धारण गरिएको छ । 

कार्यालयले निर्वाचनका लागि आवश्यक कर्मचारीको लगत सङ्कलन र तालिमको व्यवस्थापनका लागि तयारी सुरु गरेको उहाँले जानकारी दिनुभयो । जिल्लामा ८३ हजार दुई सय ६६ महिला र ७९ हजार छ सय २३ पुरुष मतदाता छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!