भक्तपुरमा जुवा खेलिरहेका ८ जना प्रहरी फन्दामा

Posted on: 22 Mar, 2017

चैत ९, भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले मध्यपुरठिमी नगरपालिका–२ बस्ने प्रेमकृष्ण श्रेष्ठले ठिमी बोडेमा सञ्चालन गरेको न्यू युनिक रेस्टुरेन्टमा जुवा खेलाइरहेको अवस्थामा मंगलबार आठजनालाई पक्राउ गरेको छ । 

प्रहरीले रेस्टुरेन्ट सञ्चालक श्रेष्ठसहित जुवातास खेलिरहेको अवस्थामा आठजनालाई जुवाखालबाट नगद रु ६७ हजार दुईसय ४० सहित पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता कृष्ण प्रसार्इंले जानकारी दिनुभयो । 

प्रहरीले पक्राउ परेकालाई म्याद थप गरेर आवश्यक कारबाही अगाडि बढाउने उहाँले जानकारी दिनुभयो ।  रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!