गुठी संस्थान भक्तपुरका सहायक प्रशासक घुससहित पक्राउ

Posted on: 11 Apr, 2017

चैत २९, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन बागेश्वरी–४ भक्तपुरस्थित गुठीको जग्गा मोही नामसारी गर्ने क्रममा रु ५० हजार घुस लिँदै गरेका अवस्थामा गुठी संस्थान भक्तपुरका सहायक प्रशासक छत्रबहादुर पौडेललाई पक्राउ गरेको छ । 

आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार सहायक प्रशासक पौडेलले घुस मागिरहेको भन्ने सूचनाका आधारमा पुगेको आयोगको टोलीले आज उहाँकै कार्यकक्षबाट पक्राउ गरेको हो । 

आयोगले आजै सहायक प्रशासक पौडेललाई हदैसम्मको कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दासमेत दायर गरेको जनाएको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!