भक्तपुरमा रहेको यति कार्पेट इन्डस्ट्रिजमा भीषण आगलागी

Posted on: 18 Jun, 2017


असार ४, भक्तपुर | भक्तपुर नगरपालिका–२ स्थित यति कार्पेट इन्डस्ट्रिजमा भीषण आगलागी भएको छ । 

गएराति ११:३० बजेबाट सुरु भएको आगलागी बिहान ७:३० बजेसम्ममा नियन्त्रणमा लिईएको थियो । आगलागी भएलगत्तै भक्तपुर वारुण यन्त्रलगायत उपत्यकाभित्रका आठवटा दमकल, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीले आगो नियन्त्रणको लामो प्रयास पछी आगो निभेको थियो । 

उद्योगपति अनिल केडियाद्वारा सञ्चालित उक्त उद्योगमा के कारणले आगो लाग्यो र कति क्षति भयो भन्ने विवरण आउन बाँकी रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!