करेन्ट लागेर १९ बर्षीय युवकको मृत्यु

Posted on: 17 Sep, 2017

असोज १, भक्तपुर। चाँगुनारायण नगरपालिका– ४ नारायणटारमा करेन्ट लागेर आज एक कामदारको मृत्यु भएको छ । 

नारायणटारमा रहेको विद्युत्को ट्रान्सफर्मरमा अचानक विद्युत् चुहिएर नजिकै अनिल ढुंगानाको बनाउँदै गरेको ट्रसमा विद्युतीकरणको काम गर्दै गरेका सिन्धुपाल्चोक तौथली– ५ का १९ वर्षीय सन्तोष श्रेष्ठको मृत्यु भएको हो । 

करेन्ट लागेर घाइते भएलगत्तै उपचारार्थ मध्यपुर अस्पताल लगिएकमा उपचारकै क्रममा उनको मृत्यु भएको र घटनाबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो । 

यसैबीच प्रहरीले जिल्लाका विभिन्न ठाउँमा उम्रिएका गाँजाको बोट आज नष्ट गरेको छ । सार्वजनिकस्थानमा उम्रिएका गाँजा लिन युवा आउने जाने गर्न थालेपछि ३९ जनाको प्रहरी टोलीले गाँजा फँडानी गरेको हो । 

प्रहरीले चाँगुनारायण नगरपालिका– ९ स्थित खावा र ढुवाल गाउँ तथा मध्यपुर थिमि नगरपालिका– १ लोकन्थली मनोहराबाट नीलोपुल हँुंदै हनुमन्ते खोला दोभानसम्म करिब दुई हजार गाँजा बोट फँडानी गरेको प्रसार्इंले जानकारी दिनुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!