महेश्वरी पीठको मर्मत

Posted on: 24 Sep, 2017

असोज ८, भक्तपुर। भक्तपुर नगरपालिका क्षेत्रको ऐतिहासिक एवं धार्मिक महत्व रहेको महेश्वरी पीठमा सम्पदा निर्माण एवं मर्मत गरिएको छ । 

नगरपालिकाको सहयोगमा हरियाली तथा वातावरण सुधारअन्तर्गत बगैंचा निर्माण गरिनाका साथै ढुंगेधारा निर्माण, खँचा पोखरी मर्मत तथा सरसफाइ गरिएको छ । नगरपालिकाले बगैंचा निर्माणमा रु नौ लाख ७८ हजार ९२२, खँचा पोखरी मर्मत तथा सरसफाइमा रु एक लाख १८ हजार १३० र महेश्वरीमा पानी निकास व्यवस्थापनमा रु ५० हजार ३०९ खर्च भएको महेश्वरी ध्वाका मर्मत तथा ढुंगेधारा निर्माण समितिका अध्यक्ष रामेश्वर प्रजापतिले जानकारी दिनुभयो । 

सम्पदा संरक्षण निर्माण तथा मर्मतमा चासो दिँदै आएको नगरपालिकाले हराउँदै गएका सम्पदाको संरक्षणलाई तीव्रता दिने नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो ।   रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!