भक्तपुरको जंगलमा शव भेटियो

Posted on: 15 Oct, 2017

असोज २९, भक्तपुर (रासस) | दैनिकजसो हत्याको घटना आईरहेको बेला फेरी भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ८ मा पर्ने नगरकोटस्थित बाल वन जंगलमा एक पुरुषको शव भेटिएको छ । 

अन्दाजी ४५ वर्षको मंगोल अनुहार भएको शव झुण्डिएको अवस्थामा भेटिएको महानगरीय प्रहरी परिषर भक्तपुरका निमित्त प्रमुख कृष्ण प्रसार्इंले जानकारी दिएका छन् । 

जंगलमा फेला पारिएको उक्त पुरुषको शव हत्या गरेर भुण्ड्याइएको हो वा आत्महत्या नै हो भन्नेबारेमा एकिन भएको छैन । 

उक्त शवलाई परीक्षणका लागि त्रिभुवन विश्वबिद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!