भक्तपुरमा एक बंगलादेशीसहित चार मृत फेला

Posted on: 02 Nov, 2017

कात्तिक १६, भक्तपुर (रासस) | विभिन्न स्थानमा दुई दिनमा एक बंगलादेशीसहित चार जना मृतावस्थामा फेला परेका छन् । 

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार नगरकोटस्थित होटल हिमालयन भिल्लामा ३४ वर्षीय बंगलादेशी हसन फेरोदोस मृतनवस्थामा फेला परेका छन् । बुधबार अपराह्न अचानक बेहोश हसनलाई तत्काल उपचारका लागि सल्लाघारीस्थित डा इबामुरा अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता कृष्ण प्रसार्इंले जानकारी दिनुभयो । 

त्यसैगरी ओखलढुंगा घर भई हाल सूर्यविनायक नगरपालिका–३, बालकोट बस्दै आएकी सरिता सार्की आफ्नै कोठामा आज मृत फेला परेकी छन् । बुधबार बेलुका खाना खाई सुतेकी कार्की सुतिरहेका अवस्थामा मृत फेला परेको प्रनाउ प्रसाईंले जानकारी दिनुभयो । 

त्यसैगरी धादिङ बैरेनी–९ का २३ वर्षीय शम्भु खत्री सूर्यविनायक –८ जगातीमा मृतावस्थामा फेला परेका छन् । महानगरीय प्रहरी वृत्तको गस्ती टोलीले बुधबार साँझ अचेतावस्थामा फेला पारेको खत्रीका उपचारका लागि भक्तपुर अस्पतालमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । 

यसैगरी सूर्यविनायक–९ भातेढिकुरस्थित होटल भ्यूमा काम गर्ने उदयपुर त्रियुगा–१६ का ३० वर्षीय नवराज राई आज बिहान मृत फेला परेका छन् । होटेलकै छाप्रोमा बस्दै आएका राई सोही छाप्रामा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!