बसबाट खस्दा सहचालकको मृत्यु

Posted on: 07 Nov, 2017

कात्तिक २१, भक्तपुर ।  अरनिको राजमार्ग सडकखण्डअन्तर्गत सूर्यविनायक नगरपालिका चुनदेवीमा आज बसबाट खसेका सहचालकको मृत्यु भएको छ । 

काठमाडाँैबाट सिन्धुपाल्चोकतर्फ जाँदै गरेको बा.२ ख. ४०९८ नम्बरको बसबाट सोही बसमा काम गर्ने सहचालक सिन्धुपाल्चोक सांगाचोक ११ का अनिल गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

गुडिरहेको बसबाट खसेर गम्भीर घाइते भएको गिरीको काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!