भक्तपुरमा शक्तिशाली बम विष्फोट

Posted on: 25 Nov, 2017

मङ्सिर ९, भक्तपुर । चाँगुनारायण नगरपालिका–६ हेल्थपोस्टनजिकै ६: ३० बजे बम पड्केको छ । 

मोटरसाइकलमा आएका दुई व्यक्तिले बम फालेर गएलगत्तै ठूलो आवाज गरी बम पड्केको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । 

नेपाली काँग्रेसका उम्मेदवार जीवन खत्री र नेकपा (एमाले)का उम्मेदवार हरिशरण लामिछानेको वस्तीमा सो बम विष्फोट गराइएको हो । 

मानवीय क्षति नभए पनि भौतिक क्षतिका बारेमा अनुसन्धान भइरहेको प्रहरी प्रभाग खरिपाटीले जानकारी दिएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!