भक्तपुरमा भ्यानको ठक्करले ११ वर्षीय बालिकाको मृत्यु

Posted on: 04 Jan, 2018

पुस २०, भक्तपुर । सूर्यविनायक नगरपालिका–६ पाण्डुबजारबाट सुन्दरवस्तीतर्फ जाँदै गरेको बा १० च ४९२९ नं. को मारुती भ्यानले ठक्कर दिँदा आज एक बालिकाको मृत्यु भएको छ । 

भ्यानले काभ्रे जिल्लाको मिल्छे घर भई हाल पाण्डुबजार बस्ने सरोज घ्यावाकी ११ वर्षीया छोरी लक्ष्मी घ्यावालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर, भक्तपुरले जनाएको छ । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!