भक्तपुरमा ट्याक्सी र मोटरसाइकल ठोक्किदा एकको मृत्यु, ३ जना घाइते

Posted on: 19 Jan, 2018

माघ ५, भक्तपुर । भक्तपुरमा ट्याक्सीसँग दुई वटा मोटरसाइकल ठोक्किदा एक जनाको ज्यान गएकाे छ । 

सिर्जननगरमा बा २ ज २०४१ नम्बरको ट्याक्सीमा बा ४४ प ५१५२ नम्बरको मोटरसाइकल र बा ८५ प ७०४६ नम्बरको मोटरसाइकल ठोक्किएको ट्राफिक प्रहरीले जनाएको छ  ।

दुर्घटनामा बा ४४ प ५१५२ नम्बरको मोटरसाइकलका चालक दोलखाका ३५ वषीय रोशनकुमार बस्नेतको ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ ।

दुर्घटनामा काभ्रेका केदार खनाल, दोखलामा मनोज योन्जन रामेछापका दावा मोक्तान घाइते भएका छन । उनीहरुको भक्तपुर अस्पतामा उपचार भइरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!