एक महिनापछि अभियुक्त पक्राउ

Posted on: 13 Feb, 2018

फागुन १, भक्तपुर | बलात्कार आरोप लागेका एक युवकलाई प्रहरीले एक महिनापछि आज पक्राउ गरेको छ । 

प्रहरीले भक्तपुर नगरपालिका १० बेखाल बस्ने २३ वर्षीय अञ्जन अवाललाई पक्राउ गरेको महानगरीय प्रहरी परिषर भक्तपुर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो । अवालले गत पुस २९ गते एक युवतीलाई आफ्नै कोठामा लगेर बलात्कार गरेको उजुरी परेको थियो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!