भक्तपुरमा पर्यटकका लागि आकष्मिक स्वास्थ्योपचार सेवा शुरु

Posted on: 11 Mar, 2018

फागुन २७, भक्तपुर | यहाँ आउने पर्यटकका लागि आकष्मिक स्वास्थ्योपचार सेवा शुरु भएको छ । 

भक्तपुर पर्यटन विकास समिति र डा इवामुरा अस्पतालबीच आज सोसम्बन्धी सम्झौता भएको हो । सम्झौतानुसार अस्पतालले भक्तपुरमा आउने पर्यटकलाई निःशुल्क एम्बुलेन्स सेवा, विषाक्त खानालगायतको आकष्मिक रुपमा आवश्यक पर्ने स्वास्थ्य सेवा उपलब्ध गराउने अस्पतालका व्यवस्थापक रञ्जित मारिखुले जानकारी दिनुभयो । उहाँका अनुसार पर्यटकका लागि आकष्मिक सेवा प्रदान गर्ने कुनै अस्पताल नभएकाले इवामुराले पर्यटन विकास समितिसँग सम्झौता गरी पर्यटकलाई सेवा प्रदान गरेको । 

पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेलेले दुई निकायबीच भएको सम्झौताले भक्तपुरमा पर्यटक थप आकर्षित हुने विश्वास व्यक्त गर्नुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!