भक्तपुरमा घरको छतबाट खसेर मृत्यु, जुवातास खेल्ने १४ पक्राउ

Posted on: 30 Sep, 2018

असोज ४, भक्तपुर (रासस) | भक्तपुर नगरपालिका–१० कमल विनायक बस्ने ५७ वर्षीया प्रेमिला शाक्यको घरको झ्यालको सिसा सफा गर्ने क्रममा खसेर मृत्यु भएको छ । 

आफ्नै पाँचतले घरको झ्यालको सिसा सफा गर्ने क्रममा खसेर शनिबार मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

जुवातास खेल्ने १४ पक्राउ 

त्यसैगरी भक्तपुरको मध्यपुरठिमी नगरपालिका–७ नगदेश बस्ने साबित्री श्रेष्ठको चिया पसलमा जुवातास खेलिरहेका १४ जनालाई नगद रु ९४ हजार ७३० सहित प्रहरीले शनिबार पक्राउ गरेको छ । जुवाताससहित प्रहरीले पक्राउ गरेको सबैलाई प्रहरी वृत्त थिमिमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!