नक्कली सुन देखाएर ठग्न खोज्ने ३ युवक भक्तपुरबाट पक्राउ

Posted on: 06 Nov, 2018

कात्तिक २०, भक्तपुर | भक्तपुरमा एक किलो सुन बोकेर बिक्रि गर्न हिडेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ |

ठगी गर्ने उद्देश्यले सुनजस्तो वस्तु बोकेर हिँडिरेहका बेला धादिङको गजुरी गाउँपालिका वडा नम्बर १ घर भई हाल ललितपुरको सातदोबाटो बस्ने २४ वर्षीय राजेन्द्र तामाङ, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ३ भर भई हाल काठमाडौंको मातातीर्थ बस्ने ३५ वर्षीय राजु लामा र काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ३ घर भई हाल ललितपुरको ढोलाहिटी बस्ने ३६ वर्षीय राजकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

विशेष सूचनाका आधारमा उनीहरूलाई भक्तपुरको चाँगुनारायण-९, ताथलीबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए।

उनीहरुले एक किलो ३५ लाखमै दिन्छु भन्दै ठगी गर्न खोजेका थिए ।

उनीहरूका साथबाट सुनजस्तो देखिने एक थान बिस्कुट बरादम भएको र घटनाको अनुसन्धान भइरहेको उनले बताए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!