चेकजाँचको क्रममा प्रहरीलाई घुस दिने २ जना पक्राउ

Posted on: 14 Nov, 2018

कात्तिक २८, काठमाडौं | सवारी चेकजाँचका क्रममा प्रहरीलाई घुस दिन खोज्दा भिन्न स्थानबाट २ जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले भक्तपुर मध्येपुर ठिमी नगरपालीका ३ गठ्ठाघर चोकमा चेकजाँच गर्ने क्रममा ना ५ ख ७१८१ नम्बरको ट्रकको चालकले रूट पर्मिट कागजको भित्र नगद २०० रूपैया राखी घुस दिएकोले ट्रक र चालकलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

यसैगरी, महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले बुद्धनगरमा चेकजाँच गर्ने क्रममा एक चालकलाई पक्राउ गरेको छ । 

गिट्टी बोकेको बा २ ख ८१२९ नम्बरको मिनिट्रकका चालक जित बहादुर तामाङको साथमा कागजपत्र नभएकोले प्रहरीलाई नगद १००० घुस दिएकोले उनलाई उक्त सवारी साधन सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!