भक्तपुरमा एक महिलाको शव पोखरीमा भेटियो

Posted on: 08 Feb, 2019

माघ २५, भक्तपुर | घरबाट हराएको दोस्रो दिनमा भक्तपुर नगरपालिका– २ ठूलो ब्यासीस्थित पोखरीमा एक महिलाको शव भेटिएको छ । 

भक्तपुर नगरपालिका– ३ बताले बस्ने ४९ वर्षीया गङ्गा छुकाँको शव पोखरीमा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता रेवतिरमण पोखरेलले जानकारी दिनुभयो । 

हिजो साँझ घरबाट हराएको भन्ने जानकारी पाएको बताउँदै उहाँले घटनाको अनुसन्धान अगाडि बढाएको बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!