स्कार्पियो रुखमा ठोक्किँदा चार घाइते

Posted on: 06 Jun, 2019

जेठ २३, भक्तपुर | भक्तपुर दुधपाटीबाट तीव्रगतिमा सल्लाघारीतर्फ गइरहेको बा१४प ६३२९ नंको स्कार्पियो सैनिक आवासीय महाविद्यालय अगाडि आज बिहान करीब ३ः०० बजे सडक किनाराको    रुखमा ठोक्किएर दुर्घटना हुँदा चार घाइते भएका छन् ।

दुर्घटनामा गुल्मी घर भई हाल नयाँबानेश्वर बस्ने २३ वर्षीय गाडी चालक राजन कुँवर, चालकको सिटसँगै बस्ने गुल्मी घरभई हाल कोटेश्वर बस्ने २४ वर्षीय सुन्दर बस्याल, २० वर्षीय रिसव खत्री र २० वर्षीय अमन केसी घाइते भएका महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो । घाइते चारै जनाको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ । घटनालगत्तै सैनिक आवासीय माविका सैनिकले घाइतेको उद्धार गरेका थिए ।

घाइतेमध्ये सुन्दरलाई गम्भीर चोट लागेको छ । सुन्दरको निधारलगायतका शरीरका अन्य भागमा समेत चोट लागेको छ । स्कार्पियो अगाडिको भागले च्यापिएकुा सुन्दरलाई निकाल्न ढोका नै निकाल्नुपरेको प्रत्यक्षदर्शी भक्तपुर अस्पतालका एम्बुलेन्स चालक कृष्णराम कोजुले बताउनुभयो । अत्यधिक तीव्र गतिमा हुँइकिएको सो स्कार्पियोले सल्लाघारीबाट दुधपार्टीतर्फ आउँदै गरेको बा२ज २७८९ नंको ट्याक्सीलाई समेत ठक्कर दिँदा ट्याक्सीको अगाडि भागमा सामान्य क्षति भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!