भक्तपुरमा टिप्परको ठक्करबाट पैदल यात्रीको मृत्यु

Posted on: 02 Dec, 2019

मंसिर १६, भक्तपुर | मध्यपुर थिमिको राधेराधेबाट भक्तपुर नगरपालिका–१ सल्लाघारीतर्फको सर्भिस ट्र्याकमा टिप्परले ठक्कर दिँदा पैदल यात्री उदयपुर चौदण्डीगढी नगरपालिका घर भएका २७ वर्षीय समीर विकको मृत्यु भएको छ |

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक रेवतीरमण पोखरेलले टिप्परले ठक्कर दिई घाइते विकलाई तत्कालै उपचारका लागि इवामुरा मेमोरियल अस्पताल लगिएकामा मृत्यु भएको बताए । 

ठक्कर दिई फरार रहेको सवारी साधनलाई सिसी टिभीबाट प्राविधिक अनुसन्धान तथा विभिन्न स्थानमा प्रहरी टोली खटिई खोजी गर्ने क्रममा काठमाडौं कोटेश्वर तीनकुनेबाट बा.३ख. २५३१ नंको टिप्पर र चालक काभ्रे महाभारत गापा–८ घर भई हाल काभ्रे साँगा बस्ने ३० वर्षीय सिद्धिमान तामाङलाई पक्राउ गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!