भक्तपुमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

Posted on: 01 Dec, 2020

मंसिर १६, भक्तपुर | मध्यपुरथिमि नगरपालिका–४ सानोठिमी एसओएस चोकमा सोमबार मध्यराति स्कुटर दुर्घटना हुँदा मध्यपुरथिमि राधेराधे चोक बस्ने चालक २९ वर्षीय राजु तामाङको मृत्यु भएको छ ।

सानोठिमीबाट काठमाडौंतर्फ जाँदै गरेको वा ७३ प ३८२ नम्बरको स्कुटर अनियन्त्रित भई पल्टिँदा घाइते भएका तामाङको उपचारका लागि नर्भिक अस्पताल थापाथली लैजाँदै गर्दा मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!