भोजपुरमा हतियार सहित विप्लव समूहका नेता पक्राउ

Posted on: 03 Jan, 2020

पुस १८, भोजपुर | भोजपुर  प्रहरीले हतियारसहित नेत्रविक्रम चन्द समूहका एक नेतालाई पक्राउ गरेको छ | प्रहरीले हतुवागढी गाउँपालिका–९ हसनपुरको भसुवाबाट चार राउण्ड गोलीसहित दैलेख दुल्लु नगरपालिका–२ का २७ वर्षीय वीरेन्द्रबहादुर थापालाई पक्राउ गरेको हो |

उनको साथबाट गोलीसहित दुई थान डायरी र पार्टीका दस्तावेज पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख नरबहादुर सलामीमगरले बिहीबार जानकारी दिएका हुन् | पक्राउ परेका थापामाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ |

इलाका प्रहरी कार्यालय घोरेटारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा थापालाई उक्त पेस्तोलसहित फेला पारी नियन्त्रणमा लिइएको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!